ad ad

कारोबार


पीपीए राेलक्रमबाट हटे १५ जलविद्युत् आयाेजना, ६ वटा थपिए

पीपीए राेलक्रमबाट हटे १५ जलविद्युत् आयाेजना, ६ वटा थपिए

नेपालखबर
पुस २०, २०८० शुक्रबार १५:१, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले १५ वटा आयाेजनालाई विद्युत् खरिद तथा बिक्री सम्झौता (पीपीए)को राेलक्रमबाट हटाएकाे छ।

प्राधिकरणका  सञ्चालक समितिले २१५ मेगावाट क्षमताका आयाेजना पीपीए राेलक्रमबाट हटेका हुन्। 

आरओआरतर्फ अधिकतम सीमा ६,७५० मेगावाट नपुगेसम्म ग्रिड कनेक्सन एग्रिमेन्टको रोलक्रमको आधारमा जलविद्युत आयोजनाहरुको पीपीए गर्ने निर्णय गरेकाे थियाे। जसमा ती १५ आयोजनालाई ३५ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न भनेकामा नगरेपछि ६ वटा नयाँ आयोजनालाई रोलक्रममा राखिएको हो। 

रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका तत् पश्चातका  पीपीएका लागि योग्य आरओआर आयोजनाहरुको पीपीए प्रक्रियालाई अगाडि बढाइने हुँदा रीतपूर्वक आवश्यक कागजातहरु सहित निवेदन साथ विद्युत व्यापार विभागमा १५ दिनभित्र सम्पर्क राख्न सूचना जारी गरेकाे छ। 

 विद्युत उत्पादनको अनुमतिपत्र जारी भएको अवस्थामा  पीपीए र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने मिति बहाल रहेको विद्युत उत्पादनको अनुमतिपत्र, बहाल रहेको विद्युत सर्वेक्षणको अनुमतिपत्र, विद्युत सर्वेक्षणको अनुमतिपत्रको अवधि समाप्त भएको हकमा सम्बन्धित निकायबाट जारी भएको आशयपत्र, बहाल रहेको ग्रिड कनेक्सन एग्रिमेन्ट, प्रत्यक्ष विदेशी लगानी हुने आयोजनाको हकमा उद्योग विभागवाट जारी भएको वैदेशिक लगानी देखिने पत्र  सहित प्राधिकरणमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .