ad ad

समाज


बार एसोसिएसनबाट भूकम्पपीडितलाई झन्डै १८ लाख सहयोग

बार एसोसिएसनबाट भूकम्पपीडितलाई झन्डै १८ लाख सहयोग

सहयोग रकम चेकमार्फत प्रधानमन्त्रीलाई हस्तान्तरण गर्दै बार पदाधिकारी।


नेपालखबर
पुस २०, २०८० शुक्रबार १२:३५, काठमाडौँ

जाजरकोट भूकम्पपीडितलाई सहयोगका लागि नेपाल बार एसोसिएनले झन्डै १८ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषलाई हस्तान्तरण गरेको छ। 

बार एकाइ र कानुन व्यवसायीबाट संकलित १७ लाख ८४ हजार ७९ रुपैयाँ आज (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमार्फत जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको एसोसिएसनले जनाएको छ। 

सहयोग प्रदान गर्ने बार एकाइ तथा सम्पूर्ण कानुन व्यवसायीप्रति बार एसोसिएसनले आभार प्रकट गरेको छ। 

गत कात्तिक १७ गते मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसहित रुकुम पश्चिमलगायत जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .