ad ad

समाज


डा. विशदको निलम्बनप्रति चिकित्सक संघको गम्भीर आपत्ति

डा. विशदको निलम्बनप्रति चिकित्सक संघको गम्भीर आपत्ति

डा. विशद दाहाल


नेपालखबर
पुस २०, २०८० शुक्रबार ९:३०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सञ्चालक रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी) ले डा. विशद दाहाललाई निलम्बन गर्दै प्रवेश निषेध गरेकोप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।

केएमसीमा अध्ययनरत आवासीय चिकित्सक तथा नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. दाहालई केएमसी प्रशासनले १ महिनाका लागि निलम्बन गरेको छ। सो निलम्बन फिर्ता गर्न काठमाडौँ विश्वविद्यालयले कलेज प्रशासनलाई पत्र पठाएको तर डा. दाहाललाई प्रवेश गर्न नदिइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। 

स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकहरूलाई शैक्षिक गतिविधि बाहेक स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको विपरीत रहेको र शिविरमा सामेल हुन इन्कार गर्दा स्पष्टीकरणको अवसरसमेत नदिई निलम्बन गर्नु आपत्तिजनक भएको संघको भनाइ छ।   

संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ विश्वविध्यालयद्वारा कलेज प्रशासनसँग ३ दिनभित्र कलेजको रायका साथ साथै निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया, स्पष्टीकरणको मौका प्रदान गरिएको हो वा होइन सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधारसहितको लिखित राय पेस भएको छ वा छैन लगायतका विषयमा प्रश्न उठाएको सबैमा अवगत गराउन चाहन्छौँ।’ साथै संघले घटनाको सत्यतथ्य छानबिन गर्दै निलम्बनमा परेका चिकित्सकलाई न्याय प्रदानमा सहयोग गर्न सम्बन्धित सबैसँग अपिल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .