ad ad

बागमती


झन् तल झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

झन् तल झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
पुस २०, २०८० शुक्रबार ९:४३, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षअन्तर्गत अहिलेसम्मकै कम भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको हो। यो यस हिउँदको अहिलेसम्मकै कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। 

यसअघि आजै बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको थियो। पुनः बिहान ८:४५ बजेको मापनमा यसभन्दा पनि केही घटेर ३.५ डिग्री सेल्सियसमा झरेको हो।  

तापक्रम दिनप्रतिदिन अझै घट्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन्। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

मौसमविद् मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने सम्भावना छ। यसको अर्थ आकाशमा अलि अलि बादल देखिए पनि घाम लाग्छ।

देशभरका लागि : आजको मौसम : उच्च भूभागमा हिमपातको सम्भावना, तराई/मधेशमा हुस्सु र कुहिरो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .