बागमती


मकावनपुरको हात्ती आतंक, एकैदिन चार घरमा क्षति

मकावनपुरको हात्ती आतंक, एकैदिन चार घरमा क्षति

नेपालखबर
पुस १७, २०८० मंगलबार १६:२०, हेटाैंडा

मकवानपुरको मनहरी गाउँपालिकामा जंगली हात्तीले आतंक मच्चाएको छ। आज (मंगलबार) बिहान मनहरी ७ स्थित रमौलीमा छिरेको जंगली हात्तीले चार वटा घरमा क्षति गरेको हो।

मंगलबार बिहान ६ बजेको समयमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट गाउँ छिरेको हात्तीले रमौलीका खड्ग बहादुर थिङको काठ र टिनले बनेको भान्साकोठा भत्काई नष्ट गरेको छ भने भगवती सुवेदीको घरको अगाडिको काठको पाली भत्काएको छ।

त्यस्तै, अर्जुन दहालको घरको अगाडिको काठको पाली भत्काई धान खाएको साथै चित्र बहादुर घलानको घरको जस्ता भत्काएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हात्तीले क्षति गरेको सम्बन्धमा जानकारी पाएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना, सहायक प्रहरी पोष्ट कत्ले खोला र मनहरीबाट खटिएको टोलीले हात्तीलाई जङ्गलतर्फ लखटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad