ad ad

समाज


हुस्सु र कुहिरोले ढाक्यो तराई-मधेश

हुस्सु र कुहिरोले ढाक्यो तराई-मधेश

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार ६:२१, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराई मधेशका अधिकांश स्थानमा यतिबेला हुस्सु र कुहिरो लागिरहेको छ। तराईका जिल्लामा विगत तीन चार दिनदेखि नै हुस्सु र कुहिरो लागिरहेको छ। राम्ररी घाम नलाग्दा तराई मधेशका जिल्लामा चिसो बढेको छ। 

आज (सोमबार) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशको पहाडी भू(भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। 

‘आज देशका पहाडी भूभागमा आंशिक बदली रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘तराईका अधिकांश भूभागमा हुस्सु कुहिरो लागेको कारण चिसोबाट बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन सबैमा अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .