ad ad

समाज


कञ्चनपुरमा छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा आमा पक्राउ

कञ्चनपुरमा छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा आमा पक्राउ

गोकुल जोशी
माघ २२, २०७६ बुधबार ११:३३,

 छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा कञ्चनपुरमा एक महिला पक्राउ परेकी छन्।

कञ्चनपुरको महाकाली नगरपालिका–६ कि सुशीला थापा छोरालाई मानसिक तनाव दिए आत्महत्या गर्न बाध्य बनाएको आरोपमा बुधबार पक्राउ परेकी हुन।

आइतबार राति महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएका थिए। सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको मुद्दा दिएपछि उनी पक्राउ परेकी हुन्।

आमालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

‘आत्महत्या दुरुत्साहनमा मृतकका मामा (जन्मदिने आमातर्फका) ले जाहेरी दिएपछि हामीले सौतेनी आमालाई पक्राउ गरी म्याद समेत थप गरी अनुसन्धान गर्दैछौँ’, प्रहरी निरीक्षक बम नेपालखबरसँग भने।

मंगलबार स्थानीयले सौतेनी आमाले मानसिक तनाव दिएपछि युवकले आत्महत्या गरेको भन्दै विरोध प्रदर्शन समेत गरेका थिए। मृतक शंकरकोे घरमा सौतेनी आमा, हजुरबुवा, हजुरआमा बस्छन्। उनका बुवा कामको सिलसिलामा विदेशमा छन्।

मुलुकी फौजदारी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले आत्महत्या गर्न बाध्य हुने गरी दुरुत्साहन गर्न हुँदैन। यदि दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको प्रमाणित भएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .