ad ad

समाज


गुप्तांग काटेर पुरुषको हत्या, श्रीमती र सासू–ससुरा पक्राउ

गुप्तांग काटेर पुरुषको हत्या, श्रीमती र सासू–ससुरा पक्राउ

नेपालखबर
माघ २२, २०७६ बुधबार ११:८,

झापाको विर्तामोडमा गुप्तांग काटेर जलाएको अवस्थामा फेला परेको शवबारे अनुसन्धान गर्न प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। 

शव भारत बिहार राज्यस्थित अररिया घर भई हाल बिर्तामोड २ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय सुभान शेखको भएकाे आशंकामा प्रहरीले उनकै परिवारका तीन सदस्यलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको हो।

प्रहरीले सुभानका ससुरा रहमान, सासू रहाना शेखसहित उनकी श्रीमती शुष्मा शेखलाई मंगलबार नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ। शुष्माका श्रीमान् हराउनु र परालमा जलेको अवस्थामा शव फेला पर्नुले शव सुभानकै भएको आशंका गरिएको हो। अनैतिक सम्बन्धले घटना हुन सक्ने प्रहरीको आशंका छ।

बिर्तामोड २ चारपाने निवासी ऐनकुमार राजवंशीको खेतमा राखेको पराल कुन्यूमा सोमबार जलेको अवस्थामा शव फेला परेको थियो। घटनास्थलनजिकै पुरुषको अण्डकोषसहितको गुप्ताङ्ग काटेर फालिएको थियो। 

शव पहिचानका लागि उनकी श्रीमती शुष्मा शेखसहित परिवारका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटना अनुसन्धानकै क्रममा रहेको प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी शेखर कोइरालाले बताए।

परिवारका सदस्यले प्रहरीलाई दिएको बयानअनुसार मृतकले लगाएको कपडा शेखकै हुनुपर्ने आशंका गरिएकाे छ। घटनाको प्रकृति हेर्दा हत्या गरी घटनालाई ढाकछोप गर्न शवलाई परालमा आगो लगाएर जलाइएको स्थानीयले बताएका छन्।

स्थानीय ऐनकुमारको खेतमा राखिएको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो। सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .