ad ad

समाज


सिन्धुलीमा बसको ठक्करबाट एक युवतीसहित दुई जनाको मृत्यु, चालकको सनाखत हुन बाँकी

सिन्धुलीमा बसको ठक्करबाट एक युवतीसहित दुई जनाको मृत्यु, चालकको सनाखत हुन बाँकी

नेपालखबर
पुस ९, २०८० सोमबार १०:३८, काठमाडौँ

सिन्धुलीको सुनकोशीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

आज बिहान सबा आठ बजे बीपी राजमार्गमा पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा बसको ठक्करबाट मोटरसाइकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको अरनिको यातायातको बसले बा ६० प  ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

बसको ठक्करबाट ज्यान गुमाउने युवतीको सनाखत भएको छ। दुर्घटनामा खोटाङको दिक्तेल-१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

‘दुर्घटनामा मोटरसाइकल चालकको पनि मृत्यु भएको छ,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका करिब २० वर्षीय युवकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएका हो।’ मृतक पुरुषको भने सनाखतको प्रयास भइरहेको सिलवालले बताए।

दुर्घटनापछि स्थानीयले मोटरसाइकलाई ठक्कर दिने बसमा ताेडफाेड गरेका छन्। 

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट डीएसपी चिरञ्जीवि दाहालको कमाण्डमा प्रहरी टोली खटिएको एसपी सिलवालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .