ad ad

समाज


पत्रकार लक्ष्मी पुन पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त

पत्रकार लक्ष्मी पुन पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त

नेपालखबर
पुस ४, २०८० बुधबार २०:१६, काठमाडौँ

पत्रकार लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा नियुक्त भएकी छन्।

बुधबार बसेको कोषको परिषद् बैठकले नेपाल पत्रकार महासंघकी पूर्व सचिव पुनलाई सो पदमा नियुक्त गरेको हो।

परिषद बैठकले पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका सल्लाहकारहरूको पद खारेज गर्ने निर्णयसमेत गरेको छ।

राजसंस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार नरहने निर्णय गरिएको कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .