ad ad

समाज


दुई छोराहरूको कुटपिटबाट बुवाको ज्यान गयो

दुई छोराहरूको कुटपिटबाट बुवाको ज्यान गयो

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८० बुधबार १८:४, काठमाडौँ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍पाँचथरको कुम्मायक गाउँपालिका-१ गैरीगाउँ बस्ने ८३ वर्षीय चन्द्रमान तामाङले छोराहरूको कुटपिटबाट बुधबार बिहान ज्यान गुमाएका छन्। 

उनीमाथि कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै छोराहरू ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चन्द्रमान आफ्नै घरको सुत्ने कोठामा मृत रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय याशोकबाट टोली खटिएको थियो।

त्यसक्रममा घनेन्द्र र देवेन्द्रले घरायसी विषयमा कुटपिट गरेको खुलेपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .