पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त गरिएका सल्लाहकारहरूको पद खारेज गर्ने निर्णय भएको छ।
बुधबार बसेको कोषको परिषद् बैठकले यसअगाडि नियुक्त गरिएका सल्लाहकारहरूको पद खारेज गरेको हो।
राजसंस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सय बढी सल्लाहकार नरहने निर्णय गरिएको कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन्।
परिषद बैठकले पशुपति क्षेत्र परिसरमा मदिरा बिक्री वितरणसमेत बन्देज गर्ने निर्णय गरेको छ।
बैठकले पशुपतिनाथ दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरूको सुरक्षाका लागि सुरक्षा पोस्टहरू निर्माण गर्नेसमेत निर्णय गरेको छ।
111
Shares
प्रतिक्रिया