निजामती सेवामा नायब सुब्बा (नासु) पदको विज्ञापन यही पुस २५ गते हुँदै छ।
उक्त पदमा लेखातर्फको रिक्त पद एकीन गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयहरुमा सर्कुलर जारी भएको छ।
महालेखा नियन्त्रकको कार्यालयअनुसार लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार पुस २५ गते विज्ञापन प्रकाशन हुनेछ।
लेखातर्फ कति संख्यामा रिक्त रहेको छ भन्ने एकीन गर्न सर्कुलर जारी गरिएको हो। कोष तथा लेखा नियन्त्रकको कार्यालयले नै लोक सेवा आयोगमा रिक्त संख्या पठाउनुपर्ने महालेखाले जनाएको छ।
36
Shares
प्रतिक्रिया