समाज


बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८० आइतबार १८:३२, काठमाडौँ

बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीजनाको मृत्यु भएको छ। सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन्।

घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयको टोली पुगेको बडिमालिका-२ वडाअध्यक्ष डम्म महतले नेपालखबरलाई बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .