ad ad

समाज


बिहान चिया खाएर घरबाट निस्किएका चाँगुनारायणका राम खड्काको शव इनारमा भेटियो

बिहान चिया खाएर घरबाट निस्किएका चाँगुनारायणका राम खड्काको शव इनारमा भेटियो

नेपालखबर
मंसिर २६, २०८० मंगलबार २०:७, काठमाडौँ

भक्तपुरको चाँगुनारायणमा इनारमा डुबेर मृत्यु भएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

चागुँनारायण नगरपालिका-९ ताथलीस्थित राममन्दिर नजिकै घर भएका ५२ वर्षीय राम खड्काको शव आफ्नै घर नजिकैको इनारमा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

खड्काका छोरा कञ्चनका अनुसार मंगलबार बिहान आफ्नै घरमा चिया खाएर  बाहिर निस्केपछि उनी बेपत्ता भएका थिए। 

खोजी गर्ने क्रममा मंगलबार दिउँसो आफ्नै घर नजिकैको अन्दाजी २५ फिट गहिरो इनारभित्र खड्का मृत अवस्थामा फेला परेका हुन्। 

आफन्तले खबर गरेपछि प्रहरी वृत जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ। 

उनको शव पोष्टमार्टको लागि अस्पताल लगिएको र घटनाको विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .