कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल-भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ।
भारतबाट नेपाल भित्रिनेबाट कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिने उद्देश्यले हेल्थ डेस्क सञ्चालन गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए।
आइतबारबाट सञ्चालनमा आएको डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटिएका छन्। विशेष गरी ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको डेस्कमा स्वास्थ्य परीक्षण गरिने पोखरेलले बताए।
परीक्षणका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गर्न थालिएको छ।

प्रतिक्रिया