लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा भएको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबार एकैपटक उपसचिव, शाखा अधिकृत र नायब सुब्बा गरी सो संख्यामा कर्मचारीको सरुवा गरेको हो।
३४ उपसचिव (प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक), १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ नायब सुब्बा (लेखापाल)को सरुवा भएको महालेखाको कार्यालयले जानकारी गराएको छ।
लेखा अन्तर्गत अहिले करिब ४ हजार कर्मचारी कार्यरत छन्।
हेर्नुस् सूचीः
525
Shares
प्रतिक्रिया