समाज


अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १६:२८, काठमाडौँ

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै ६४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका १ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने वर्ष २८ को रमेश न्यौपाने रहेका छन्।

रमेशले गणेश अधिकारी समेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक तीन लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी जम्मा ६४ लाख ४५ पैतालीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रमेशको खोजतलास गर्ने क्रममा बिहीबार नयाँबानेश्वर सिभिल अस्पतालबाट पक्राउ गरेको हो।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .