ad ad

समाज


शरणार्थी प्रकरण : धरौटी बुझाएका ४ अभियुक्तलाई तारेखका लागि अदालत लगियो

शरणार्थी प्रकरण : धरौटी बुझाएका ४ अभियुक्तलाई तारेखका लागि अदालत लगियो

तस्बिर : सरोज बैजु


नेपालखबर
मंसिर १७, २०८० आइतबार १६:४३, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा कारागारमा रहेका ४ जनालाई अदालत लगिएको छ। उच्च अदालत पाटनले शुक्रबार आदेश जारी गर्दै ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

त्यसमध्ये आइतबार धरौटी बुझाएका नरेन्द्र केसी, हरिभक्त महर्जन, शम्शेर मिया र आशिष बुढाथोकीलाई तारेखका लागि अदालत लगिएको हो। अदालतले उनीहरूलाई तारेखका लागि उपस्थित गराउन आइतबार नै पत्र पठाएको थियो। 

पत्रपछि उनीहरूलाई अहिले अदालत लगिएको कारागार प्रमुख ललित कुमार बस्नेतले बताए।

त्यस्तै, रामशरण केसीको धरौटी जम्मा भइसकेको छ। उनको पत्र भने कारागार पुग्न बाँकी छ। उनको प्रक्रिया बाँकी भएकाले आज छुट्ने सम्भावना छैन।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको भने बैंक ग्यारेन्टी प्रस्तुत गर्ने तयारी छ। उनी पनि आइतबार नछुट्ने भएका छन्।

उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। ४ जनालाई साधारण तारेखमा र ९ जनालाई थुनामा राख्न आदेश भएको छ। तर पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणका विषयमा भने आदेश बाझिएपछि निर्णय हुन सकेको छैन।

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले १० दिन लामो सुनुवाइपछि शुक्रबार आदेश सुनाएको हो।

यसअघि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका नरेन्द्र केसीलाई उच्च अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

यस्तै हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सन्दीपलाई सबैभन्दा बढी धरौटी तोकिएको हो।

यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी सञ्चालक हरिभक्त महर्जनलाई उच्च अदालतले समान १५ लाख रुपैयाँका दरले धरौटी माग गरेको छ। 

रामशरण केसीलाई पनि १५ लाख रुपैयाँ नै धरौटी माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .