ad ad

समाज


धुलिखेलमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

धुलिखेलमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
मंसिर १६, २०८० शनिबार ७:३६, काभ्रे

काभ्रेको धुलिखेलमा आज (शनिबार) बिहान गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

बीपी राजमार्गमा पर्ने धुलिखेल नगरपालिका- ११ पात्लेखेतमा भकुन्डेबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र१-०१-००१ च ८५९२ नम्बरको योद्धा गाडीले ठक्कर दिँदा स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो। 

अस्पताल पुर्याउनासाथ धिताललाई चिकित्सकले मृत घोषणा गरेका काभ्रे प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .