ad ad

समाज


धुलिखेलमा आगलागी, दमकलको सहायतामा निभाउँदै प्रहरी

धुलिखेलमा आगलागी, दमकलको सहायतामा निभाउँदै प्रहरी

घटनास्थल


नेपालखबर
मंसिर १२, २०८० मंगलबार ५:४६, काठमाडौँ

काभ्रेको धुलिखेलमा आगलागी भएको छ। 

धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धिमालको ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घरमा आगलागी भएको हो। 

घरसँगै नजिकै रहेको एउटा गोठमा मंगलबार बिहान चार बजेदेखि अचानक  आगलागी सुरु भएको प्रहरीले जनाएको छ।

आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको छ। 

अहिले धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। 

आगलागीको कारण खुलेको छैन। आगलागीबाट अन्नपात र अन्य भौतिक बस्तु जलेर नष्ट भए पनि चौपाया र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। 

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .