समाज


चीनको हुबेईका नेपालीलाई फर्काउन विमान चार्टर्ड गर्ने तयारी, फर्कनका लागि फारम भर्न सूचना

चीनको हुबेईका नेपालीलाई फर्काउन विमान चार्टर्ड गर्ने तयारी, फर्कनका लागि फारम भर्न सूचना

नेपालखबर
माघ १८, २०७६ शनिबार ११:३४,

नेपाल सरकारले चीनको हुबेई प्रान्तमा रहेका नेपालीहरुको उद्धार गर्ने भएको छ।

हुबेइको उहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको हो। सो क्षेत्र अहिले पनि कोरोनाको सबैभन्दा बढी प्रकोप भएको क्षेत्र मानिन्छ।

बेइजिङमा रहेको नेपाली राजदूतावासले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल फर्कन चाहनेहरुलाई फारम भर्न आग्रह गरेको छ। हुबेईमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ।

नेपालीलाई ल्याउन प्लेन चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने दूतावासले जनाएकाे छ।

दूतावासले  आफ्नो वेवसाइटमा एउटा फारम राखिएको र फर्कन चाहनेहरुले अनिवार्य रुपमा सो फारम भर्नुपर्ने जनाएको छ। फारम भरेर फेब्रुअरी २ तारिख (आइतबार बिहान) स्थानीय समयअनुसार ९ बजेभन्दा अगाडि पठाइसक्नुपर्ने छ।

नाबालिग बाहेक प्रत्येक पासपोर्टवालाले भिन्दाभिन्दै फारम भर्नुपर्ने र फारम तोकिएको समयमा सम्बन्धित स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ। नाबालिगकको हकमा अभिभावकले फारम भर्नुपर्ने छ। थप जानकारीका लागि दूतावासले १५७० १२८५७ ६३ नम्बरमा मा सम्पर्क गर्न आग्रह गरेको छ।

पूर्ण जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्l

विश्वका अन्य मूलुकका नागरिकहरुलाई सम्बन्धित देशले फर्काउन थालेपछि नेपालले पनि आफ्ना नागरिक फर्काउने अभियान सुरु गरेको हो। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली नागरिकको सुरक्षाका लागि चीन सरकारसँग कुरा भइरहेको जनाउँदै ढुक्क हुन आग्रह गरेका थिए। सरकारले नेपाली विद्यार्थी र त्यहाँ रहेका अन्य आफ्ना नागरिहहरु फर्काउनका लागि दुई वटा विमान तयारी अवस्थामा राखेको उनको भनाइ थियो।

 याे पनि : चीनबाट नेपालीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा छन् : पर्यटनमन्त्री भट्टराई

चीनमा रहेका नेपालीको स्वास्थ्यको ग्यारेन्टी गर्छौं, ढुक्क हुनुस् : चिनियाँ दूतावास

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad