ad ad

समाज


दुर्घटनामा चालकको मृत्यु

दुर्घटनामा चालकको मृत्यु

नेपालखबर
माघ १८, २०७६ शनिबार ५:३,

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बा कुनामा ट्रक र ट्र्याक्टर आपसमा ठोक्किँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

प्रदेश अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार राति मृत्यु भएको हो। सुर्खेत विनपा–११ गङ्गा पेट्रोलपम्प नजिक सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको लु १ ख ७६७० नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको भे १ त ७५८९ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएका हुन्।

दुर्घटनामा ट्र्याक्टरका सहचालक जुनीचाँदे गाउँपालिका-२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाही घायते भएका छन्। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

ट्रक चालक तिलोत्तमा नगरपालिका-१६ रुपन्देहीका श्यामप्रसाद थारुलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .