अभिनेता तथा मोडल राज कटुवाल र संगीकार अर्जुन पोखरेलबीच पाँचवटा भिडिओमा काम गर्ने सम्झौता भएको छ। यसअघि अर्जुनको ‘मेसो मिलाएर’ गीतको भिडियोमा राजले अभिनय गरेका थिए।
‘मेसो मिलाएर’ बोलको गीत हिट भएसँगै राज र अर्जुनबीच पुनः सहकार्य हुने भएको छ। अर्जुनको कम्पनी द डिभाइन म्युजिकले तयार पार्ने ५ वटा भिडिओमा राजले अभिनय गर्ने संझौता भएको छ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुवैले उत्साह व्यक्त गरेका छन्। डिभाइनको भिडिओमा काम गर्न पाउँदा आफू उत्साहित भएको राजले बताए।
संगीतकार पोखरेलले ‘मेसो मिलाएर’ गीत हिट भएपछि राजलाई दर्शकले अत्याधिक खोजेकाले आफूले ५ वटा भिडियोका लागि सम्झौता गरेको जानकारी दिए।
राजको निर्माण रहेको फिल्म ‘मायाबी’ को हाल छायाकंन भइरहेको छ।
81
Shares

प्रतिक्रिया