ad ad

समाज


उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना सिफारिस (नामसहित)

उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना सिफारिस (नामसहित)

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १६:५१, काठमाडौँ

उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना नियुक्तिका लागि सिफारिस गरिएको छ। मंगलबार बसेको न्याय परिषद्को बैठकले ६ जनालाई मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो। 

यसरी सिफारिस हुनेमा लोहितचन्द्र शाह, माधव पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा छन्। 

शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारीलाई विराटनगर, पौडेललाई जनकपुर, पाण्डेलालाई तुल्सीपुर र थापालाई दीपायल पदस्थापनका लागि सिफारिस गरिएको छ।

दीपायलका मुख्य न्यायाधीश निरौला पाटन सरूवा भएका छन्।

न्याय परिषद्बाट सिफारिस भएका उनीहरूलाई प्रधान्यायाधीशले नियुक्त गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .