रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा कांग्रेस नेतासहित दुई जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा नेपाली कांग्रेसका स्थानीय नेता एवं सहकारी अभियन्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ।
देवकोटा र क्षेत्री सवार लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ड्राइभरटोलमा ना ६ ख ८१६१ ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको डीएसपी मनोहर भट्टले जानकारी दिए।
देवकोटा र क्षेत्री बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्।
उनीहरुको शव पोस्टमार्टमका लागि मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको छ। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
117
Shares

प्रतिक्रिया