ad ad

समाज


शारदा कडायतको निवेदन आज पनि ‘हेर्न नभ्याइने’

शारदा कडायतको निवेदन आज पनि ‘हेर्न नभ्याइने’

नेपालखबर
मंसिर ४, २०८० सोमबार १३:२८, काठमाडौँ

टीकापुर हत्याकाण्डका थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदन आज पनि ‘हेर्न नभ्याइने’ भएको छ।

निवेदन न्यायाधीश कुमार चुडालको इजलासमा पहिलो नम्बरमै पेसी चढेको भए पनि ‘हेर्न नभ्याइने’मा परेको सर्वोच्च प्रशासनले जनाएको छ।

न्यायाधीश चुडाल अर्को संयुक्त इजलासमा व्यस्त हुनुपरेकाले एकल इजलासका मुद्दाहरू ‘हेर्न नभ्याइने’मा राखिएका हुन्।  

शारदा कडायत, मन्धरादेवी विष्टलगायतले कात्तिक २१ गते दिएको निवेदन अहिलेसम्म चारपटक पेसी चढिसकेको भए पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए। 

२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए। 

रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

उक्त रिटको सुनुवाइमा ढिलाइ भएकाले प्राथमिकता दिन माग राखी उनले थप निवेदन पनि दिएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .