ad ad

समाज


ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखबर
मंसिर ३, २०८० आइतबार १६:३, काठमाडौँ

चितवनमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

भरतपुर महानगरपालिका–१३ उजेलीनगरमा ना.६ त ४७२८ नम्बरको ट्रयाक्टर र प्रदेश ३–००२–००९ प ९४९३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ बस्ने १९ वर्षीय विवेक अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .