ad ad

समाज


स्वयम्भू र साँखु क्षेत्रबाट जुवा खेलिरहेका १७ जना पक्राउ

स्वयम्भू र साँखु क्षेत्रबाट जुवा खेलिरहेका १७ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार १६:४८, काठमाडौँ

जिल्ला प्रहरी परिसर काठमाडौं मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज चार लाख तथा कौडा र ताससहित उनीहरूलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जनालाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ।

उनीहरूको साथबाट एक लाख १७ हजार नगद बरामद भएको उनले बताए।
 
यसैबीच, तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजना अनुरुप जाँच भइरहेको  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .