ad ad

समाज


मन्त्री किरातीले दिए चेपाङ समुदायलाई न्यानो ब्ल्याङकेट

मन्त्री किरातीले दिए चेपाङ समुदायलाई न्यानो ब्ल्याङकेट

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार ७:५८, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन्। 

चितवनको इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उनले दुईरदुई वटा ब्ल्याङकेट वितरण गरेका हुन्। 

सोमबार चेपाङ बस्तीमै पुगेर उनले आफ्नो पुस्तकको बिक्रीबाट उठेको रकमबाट चेपाङ समुदायलाई सहयोग गरेको जानकारी दिए। 

त्यसक्रममा उनले चेपाङ जातीको भाषा र संस्कृति जोगाउन आवश्यक रहेको बताए। ‘चेपाङ समुदाय मागेर खाने समुदाय मात्र होइन’, उनले भने, ‘चेपाङ संस्कृति पर्यटन र आयआर्जनसँग जोडेर देशलाई संमृद्धि बनाउने समुदाय पनि हो।’ 

सरकारले अल्पसंख्यक, सिमान्तकृत जनजातिको भाषा,संस्कृति संरक्षणका लागि विषेश प्राथमिकता दिने उनले बताए।

मन्त्री किरातीले चेपाङ संस्कृति जोगाउन अतुलनीय योगदान पु¥याएवापत भोटे बहादुर चेपाङ र बाबरी चेपाङलाई नगद पाँच÷पाँच हजार सहित सम्मान गरे। सो अवसरमा भोटेबहादुर चेपाङले ढ्याङग्रो बजाएर मन्त्री किरातीलाई आफ्नो संस्कृति देखाएका थिए। 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले चेपाङको अवस्था र इच्छाकामनामा पर्यटन सम्भावनाका बारेमा  मन्त्री किरातीलाई जानकारी गराए। 

मन्त्री किरातीले इच्छाकामनाका चेपाङ समुदायलाई लक्षित गरेर पर्यटनका ‘प्याकेज’का कार्यक्रम ल्याउने बताए। मन्त्री किरतीले चेपाङ समुदायसँग देउसी भैलो पनि खेलेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .