अर्घाखाँची जिल्ला अदालतले नौ वर्षीया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ।
अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका-४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती तथा हाडनाता करुणी गरेको कसुरमा अदालतले यस्तो फैसला गरेको हो।
जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासले जन्मकैदको फैसला सुनाएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले जानकारी दिए।
गत साउन २ गते बाबुले छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो।
१० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती करणी गरेमा कानूनमा अनुसार जन्मकैद हुने व्यवस्था छ।
यसैगरी अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको छ।
प्रतिक्रिया