महिलालाई कतार पठाइदिने भन्दै १ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल काठमाडौंको मनमैजु बस्ने वर्ष ३३ को भीमबहादुर तामाङ रहेका छन्।
तामाङले अनिता मगरातीलाई वैदेशिक रोजगारीको लागि कतार पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु १ लाख ८६ हजार रुपैयाँ लाग्छ भनेका थिए। कतार पुगेपछि पार्लरमा काम लगाइदिन्छु, मासिक ६० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर पीडितबाट पटकपटक गरी सो रकम लिई सम्पर्कविहीन भई ठगी गरेको प्रहरीले जनाएको छ।
पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई बिहीबार बसुन्धराबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
प्रतिक्रिया