जंगी अड्डाले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा-पत्र रक्षा मन्त्रालय पठाएको छ।
भावी प्रधानसेनापतिका रूपमा अघि सारिएका पाण्डेले बिहीबार प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका थिए।
उनको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पठाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले नेपालखबरलाई जानकारी दिए।
पाण्डेलाई केही दिनअघि रथीमा बढुवाका लागि सिफारिस गरिएको थियो।
रक्षा मन्त्रालयका कर्मचारी प्रशासन शाखाका प्रमुख रामेश्वर पोखरेलले पनि पाण्डेको राजीनामा पत्र मन्त्रालयमा आइपुगेको जानकारी दिए। अब उक्त राजीनामा मन्त्रिपरिषद् बैठकमा पठाइने उनको भनाइ छ।
पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो।
प्रधानसेनापति शर्मा नेतृत्वको बढुवा समितिबाट सिफारिस भए पनि उनको फाइल जंगी अड्डाबाट अघि बढेको थिएन।
Shares
प्रतिक्रिया