ad ad

कारोबार


हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्प पीडितलाई ३५ लाख बराबरको राहत वितरण

हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्प पीडितलाई ३५ लाख बराबरको राहत वितरण

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार १५:४९, काठमाडौँ

हालै नेपालको पश्चिमी क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि प्रभावित समुदायलाई सहयोग गर्न हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सक्रिय रुपमा कार्य गरिरहेको छ।

यस भूकम्पमा परि हालसम्म १५३ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन्। साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारहरुमामा व्यापक क्षति पुगेको छ।

संकटको यस घडीमा सहयोग गर्न प्रतिबद्ध हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रु. ३५ लाख बराबरको १,८७८ त्रिपालहरु र २,००० कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ ।

१,८७८ थान त्रिपाल रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालय, मुसिकोटमा पुगिसकेको छ भने कम्बलहरू पश्चिम रुकुमको जिल्ला प्रशासन कार्यालय पुग्ने क्रममा रहेको छ।

भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको छ र पूनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गर्दछ।

संकटको यस क्षणमा सम्पूर्ण पक्षले सहकार्य गरी प्रभावकारी कदम चाल्न सकेमा भूकम्प प्रभावित क्षेत्र पश्चिम नेपाललाई पूनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने कम्पनीले अपेक्षा लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .