मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग नेपाल प्रहरीले सोधपुछ गरेको छ। आइतबार दिउँसो साइबर ब्यूरो पुगेका प्रसाईंसँग सामान्य सोधपुछ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार उनले सामाजिक सञ्जालमार्फत शीर्ष नेताको चरित्र हत्या गर्नेगरी अभिव्यक्ति दिएकोबारे सोधपुछ गरिएको हो।
उनले विभिन्न सञ्चार माध्यममा दिएको विवादास्पद अभिव्यक्तिपछि प्रहरीले छलफलका लागि बोलाएको थियो।
प्रहरीले बोलाउँदा नआए पक्राउ गर्ने तयारी गरेपछि प्रसाईं आफैं आइतबार दिउँसो कार्यालय पुगेका थिए।
प्रसाईंलाई केहीदिनअघि काठमाडौंको एक कार्यक्रममा सहभागी हुँदा मोसो समेत छ्यापिएको थियो।
पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरूप्रति आक्रमक अभिव्यक्ति दिँदै हिँडेका प्रसाई मंसिर अन्तिम सातादेखि बैंकहरूविरुद्ध आन्दोलनमा उत्रने बताउँदै आएका छन्।
दुर्गा प्रसाईं पुगे प्रहरी कार्यालय
Shares

प्रतिक्रिया