ad ad

समाज


भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक

भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १७:१३, काठमाडौँ

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो।

आइतबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा बोल्दै अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले २९६ अनुसन्धानरत नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रमस्वीकृति, प्लस टुको नक्कली सर्टिफिकेट, नक्कली नाता प्रमाणितका आधारमा अनुसन्धानबाट १० जना पक्राउ गरिएको बताए।

उक्त गिरोहमा नवलपुर जिल्ला मध्यबिन्दु नगरपालिका स्थायीघर भएका जयराम श्रेष्ठ, गोर्खाका भक्तबहादुर थापा, गोर्खा बारपाकका विपिन ढकाल, गोर्खाकै अजित फेवाली, उदयपुर बेलकाका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोकका जीवनराम तामाङ, काठमाडौँका साईरस विशंखे, काठमाडौंका दीपक के.सी र सल्यानका बलबहादुर रावत रहेको एसएसपी राठौरले बताए।

अनुसन्धानको क्रममा एक जना प्रहरीलाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको एसएसपी राठौर बताउँछन्। उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको हो।

गिरोहले भिजिट भिसामा नक्कली कागजतामार्फत पठाउने विषयमा कतिपयलाई थाहा समेत नभएको पाइएको राठौर बताउँछन्। विदेश जानको लागि पैसा दिएको तर नक्कली भिसामा विदेश पठाउनेबारे जानकारी नभएको अनुसन्धानमा खुलेको हो।

प्रहरीले पक्राउ पर्नेहरूको साथबाट नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजात समेत बरामद गरेको छ।

अनुसन्धानको क्रममा पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिबाट संकलन गरेको राहदानीको फोटो खिची नक्कली कागजात बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .