आरजु राइस मिलले भूकम्प प्रभावित क्षेत्रका लागि ५०० बोरा चामल वितरण गरेको छ।
शुक्रबार राति भूकम्पबाट जाजरकोट तथा रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति पुर्याएका स्थानीयलाई चामल वितरण थालेको हो।
कम्पनीका अनुसार २० केजीका बोरा रहेको चामलको कूल तौल १० टन बराबर रहेको छ। चामलको बजार मूल्य लगभग १२ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
आरजु राईस मिल पूर्वी तराईमा रहेको छ। यसको स्थापना वीरेन्द्र बहादुर बस्नेतले गरेका हुन्।
मिलले दैनिक ४ टनसम्मको धानलाई कनिकारहित, धेरै धोईपखाली नगर्नुपर्ने, स्वादिलो चामल मिलिङ गर्ने कम्पनीको भनाई छ।
201
Shares
प्रतिक्रिया