ad ad

समाज


काठमाडौँ मेडिकल कलेजले भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौँ मेडिकल कलेजले भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने

रासस
कात्तिक १८, २०८० शनिबार १७:४७, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ। 

मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज विज्ञप्ति जारी गरी भूकम्पमा परी घाइते भएकाहरुलाई केएमसीले निःशुल्क उपचार गर्ने जानकारी दिएका हुन्। 

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

अस्पतालका सल्लाहकारसमेत रहेका मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा सुनिल शर्माको सक्रियतामा केएमसीले घाइतेहरुको निःशुल्क उपचार गर्न लागेको अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जानकारी दिए। 

केएमसीले भूकम्पका कारण ठूलो जनधनको क्षति भएकामा अत्यन्त मर्माहत रहेको जनाउँदै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र उपचार तथा स्वास्थ्य लाभको कामना गरेको छ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ।

जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जना गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। सयाैँ घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .