ad ad

समाज


भूकम्प प्रभावित क्षेत्रमा करोड बढीको राहत सामग्री बाँड्दै एनआरएनए

भूकम्प प्रभावित क्षेत्रमा करोड बढीको राहत सामग्री बाँड्दै एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्रि केसी


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १७:५४, काठमाडौँ

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेका पीडित परिवालाई राहत सामग्री वितरण गर्ने भएको छ।

भूकम्पले घरबारविहीन भएका पीडितलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा. बद्रि केसी नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा जाने भएको हो। 

अध्यक्ष केसीका अनुसार भूकम्प पीडित ४०० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो। 

अध्यक्ष डा. केसीसहित  महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायतको टोली राहत सामग्री जाजरकोट जान लागेको बताइएको छ।

संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयोजन गरिरहेका संघका सचिव गोर्खालीले बताए।

‘हामी भोलिनै तयहाँ पुग्न कोसिस गर्दैछौं। त्यहांका पीडित परिवारलाई निरन्तर सहयोग गर्न हामी खटिनेछौं,’ उपमहासचिव प्रविण गुरूङले भने।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन्।

यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह समेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .