ad ad

कारोबार


अमेजन स्थापना गरेको सहर सियाटल छाडेर मायामी बसाइँ सर्दै जेफ बेजोस

अमेजन स्थापना गरेको सहर सियाटल छाडेर मायामी बसाइँ सर्दै जेफ बेजोस

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १७:२६,

अर्बपति जेफ बेजोसले आफ्नो व्यवसाय सुरु गरेको सहर छाड्ने भएका छन्। 

अमेजनका संस्थापक बेजोसले इन्स्टाग्राममार्फत आफूले सियाटल सहर छाड्ने बताएका हुन्। यो सहरमा उनी सन् १९९४ देखि बस्दै आएका थिए।

उनी फ्लोरिडा राज्यको मायमी सहर सर्दैछन्। उनी सानो छँदा उनको परिवार त्यहीँ बसेको थियो।

‘म अन्यत्रभन्दा सियाटलमा लामो समय बसेँ। यहाँ मेरा गज्जबका स्मृतिहरु छन्,’ बेजोसले लेखेका छन्, ‘यो मेरा लागि भावनात्मक निर्णय हो। सियाटल, मेरो मुटुको टुक्रा सधैँ तिम्रो साथमा हुनेछ।’

वासिङ्टन राज्यमा पर्ने बेलभ्युमा एउटा ग्यारेजमा उनले अमेजन स्थापना गरेका थिए। विस्तारै सो कम्पनी विश्वकै ठूलोमध्येको बन्न पुग्यो। अमेजनको मुख्यालय त्यसनजिकैको सियाटलमा छ। जहाँ ५५ हजार कर्मचारी छन्।

उनी मायामी सर्नुको अर्को कारण हो उनको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिन। सो कम्पनीले आफ्नो गतिविधि केप केनाभरलमा केन्द्रित गर्दैछ, जो मायामीनजिकै छ।

बेजोस र उनको पार्टनर लोरेन सान्चेजले हालै मायामीमै साढे १४ करोड डलरमा दुई वटा हवेली खरिद गरेका छन्।

अर्कोतिर फ्लोरिडा राज्यमा वासिङ्टनमा जस्तो सेयर खरिद गर्दा पुँजीगत लाभकर पनि तिर्नुपर्दैन। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .