बैतडीको पुर्चौंडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
डिलाशैनी गाउँपालिका- ४ की २७ वर्षीया गोमा नेगीको पुर्चौंडी नगरपालिका-१ कोपीखेतमा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घर छाउने खर काट्ने क्रममा भीरबाट लड्दा नेगीको मृत्यु भएको हो।
आफन्तकोमा काम सघाउन गएकी नेगी खर काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
33
Shares
प्रतिक्रिया