बैतडीमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। पाटन गरपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा भीरबाट लडेर दुई पुरुषको मृत्यु भएको हो।
पाटन नगरपालिका–५ ओदालीका ३२ वर्षीय रामबहादुर चन्दको भीरबाट लडेर मृत्यु भएको अवस्थामा मंगलबार शव फेला परेको प्रहरीले जनाएको छ।
चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत भेट्टिएका हुन्।
सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुरको शव मंगलबार दिउँसो फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
दशरथचन्द नगरपालिका वडा नं २ स्थित निङलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किएका विष्ट घरनजिकै रहेको लिसान्गड भीरबाट लड्दा मृत्यु भएको हो।
भीरबाट लडेर गम्भीर घाइते भएका विष्टलाई उपचारको लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
Shares

प्रतिक्रिया