नेपालीहरूको ठूलो चाड दसैँ मनाउन आम सर्वसाधारण सहरबाट गाउँ फर्किएसँगै काठमाडौँ सुनसान भएको छ।
दसैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासी पनि त्यति धेरै घर बाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो।
आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणलाई सडकमा देख्न सकिन्छ।
सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक जनसंख्या पातलिँदै जाँदा सुनसान जस्तै भएका हुन्।
सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिन्छन् भने किनमेलका पसल प्रायः बन्द छन्।
काठमाडौँमा मानिसको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँमा पनि पसल बन्द छन्।
खुला सडकमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ।
30
Shares
प्रतिक्रिया