नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
यसको अर्थ यतिबेला पहाडी क्षेत्रमा कतै कतै बादल देखिए पनि देशका अधिकांश स्थानमा घाम लागेको छ।
महाशाखाको बिहानी बुलेटिनअनुसार दिउँसो पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा नै रहनेछ।
यस क्रममा दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको पानी पर्ने सम्भावना निकै कम हुनु हो।
यस्तै राति पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। रातिलाई वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया