ad ad

समाज


वाणिज्यदूत पोखरेलले लेखे– नैतिकताका आधारमा राजीनामा दिएँ, अब सुविधाहरूबाट वञ्चित भएका छौँ

वाणिज्यदूत पोखरेलले लेखे– नैतिकताका आधारमा राजीनामा दिएँ, अब सुविधाहरूबाट वञ्चित भएका छौँ

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १९:२, काठमाडौँ

रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले पदको दुरूपयोग गरी वैदेशिक रोजगारीमा रहेका नेपालीको शोषण गरेका तथ्य नेपालखबरले सार्वजनिक गरेपछि उनले राजीनामा दिएको बताएका छन्।

आफूमाथि विभिन्न आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

रोमानियामा रहेका नेपालीहरूको ह्वाट्सएप ग्रुप हाम्रो चौतारीमा आज एक सन्देश सम्प्रेषण गर्दै लेखेका छन्, ‘नेपाली राजदूतावास, बर्लिनले केही दिनअघि मलाई प्रेषित गरेको निर्देशनसहितको एक पत्रलाई बिनास्विकृति नेपालको एक अनलाइन पत्रिकाले मेरो तस्विरसहित सार्वजनिक गरी हतोत्साही बनाउने र मानमर्दन गर्ने कार्य भएकोले नैतिकताका आधारमा अवैतनिक वाणिज्यदूतको मानार्थ पदबाट राजीनामा दिएको छु। स्वीकृत हुन बाँकी छ।’

उनले आफ्नाबारेमा नेपालखबरमा प्रकाशित समाचारलाई ‘निराधार, कपोकल्पित र गम्भीर आरोप’  भनेका छन्। 

    आफ्नो यस निर्णयले आगामी दिनहरूमा रोमानियामा अवैतनिक वाणिज्यदूतावासबाट पाउने सुविधाहरूबाट पनि सबै वञ्चित भएको उनले लेखेका छन्।

    पोखरेलले गत महिना नवीकरण गरिएका सबै राहदानी वितरणमा आफू जिम्मेवार हुने बताएका छन्।

    तर, उनले गैरकानुनीहरूमा श्रमिकहरूबाट असुलेको रकम फिर्ता गर्ने विषयमा केही बताएका छैनन्। यस्तै रोमानियामा श्रमिक आपूर्तिका लागि मागपत्र प्रमाणीकरणका नाममा असुलेर पनि काम नभएको विषयमा समेत केही उल्लेख छैन।

    नेपालका ५० वटा म्यानपावर कम्पनीबाट एक–एक लाख रुपैयाँभन्दा बढी उठाइसके पनि उनले प्रमाणीकरणको प्रक्रिया अघि बढाएका थिएनन्। विभिन्न बहानामा उनी थप रकमको मोलमोलाइ गरिरहेका थिए।

    पोखरेलले रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणवापत् दोब्बरभन्दा बढी रकम असुलेको र श्रमिकको मागपत्र प्रमाणीकरणका नाममा काठमाडौंमा विभिन्न व्यक्तिका खाताबाट घूस खाने गरेको विवरण नेपालखबरले शृंखलाबद्ध रूपमा प्रकाशित गरेको थियो।   

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .