प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारको परिवारलाई धम्की दिइएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
महासंघले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पत्रकार गोपाल बराइलीलाई धनकुटाको महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका पर्शु कार्कीले सामाजिक सञ्जालको प्रयोग गरी गालीगलौजसहितको धम्की दिएको घटनाको विरोध गरेको छ।
‘चित्त नबुझेको समाचारमा कानुनी र विधिसम्मत समाधान नखोजी पत्रकार र उनका परिवार धम्क्याएर मानसिक त्रास फैलाउने यो हर्कत प्रेसविरोधी र सामाजिक अपराध हो’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस्तो हर्कतको निन्दा गर्दछ। र, घटनाको छानबिन गरी दोषीउपर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायसँग माग गर्दछ।’
Shares

प्रतिक्रिया