नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण यतिबेला (बिहीबार बिहान) पहाडी भेगमा आंशिक बदली रही बाँकी देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आफ्नो बिहानी बुलेटिनमा उल्लेख गरेको छ।
मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना हुनु भनेको सम्भावना निकै कम हुनु हो।
Shares
प्रतिक्रिया