ad ad

समाज


खलंगाको होटलमा २८ वर्षीया महिलाको हत्या, कुकुरको सहायतामा शंकास्पद व्यक्ति पक्राउ

खलंगाको होटलमा २८ वर्षीया महिलाको हत्या, कुकुरको सहायतामा शंकास्पद व्यक्ति पक्राउ

नेपालखबर
कात्तिक १, २०८० बुधबार १३:३९, रुकुम पश्चिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा एक महिला मृत फेला परेकी छन्। 

ती महिलाको हत्या घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको पहिचान भने प्रहरीले खुलाएको छैन। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको जानकारी दिए। ‘अनुसन्धान चलिरहेको छ। उनलाई हमी पछि सार्वजनिक गर्ने छौँ,’ उनले भने।

मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा  मङ्गलबार बिहान मृत फेला परेकी थिइन्। 

साँझ कोहलपुरबाट कुकुरसहित पुगेको प्रहरी टोलीले घटनास्थल क्षेत्रबाट शङ्कास्पद एक व्यक्ति पक्राउ गरेको हो। महिलाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ। 

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .