ad ad

कोशी


संघीयता बचाउन मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय : जसपा

संघीयता बचाउन मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय : जसपा

नेपालखबर
कात्तिक १, २०८० बुधबार १३:४६, काठमाडौँ

कोशी प्रदेश जनता समाजवादी पार्टी संसदीय दलकी नेता निर्मला लिम्बुले संघीयता बचाउन आफ्नो पार्टीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएकी छन्। 

बुधबार जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले मागेको विश्वासको मतका पक्षमा बोल्दै उनले कार्कीलाई बधाई र शुभकामना दिँदै गठबन्धनका तर्फबाट जसपाले पनि विश्वासको मत दिने निर्णय गरेको बताइन्। 

उनले अरू के भनिन्? 
सत्ताको खेल मात्र गरेर जिम्मेवारबाट टाढा बस्न हामीलाई छुट छैन। वार्ता र संवादबाट समस्या समाधान हुन्छ। प्रदेश नामांकनको विषय वार्ताबाट टुंगो लगाउनुपर्छ। स्थायी प्रदेश सरकार निर्माण गरौँ, यस प्रदेशलाई आवश्यक छ। त्यसले मात्र जनताको समस्या समाधान गर्न सक्छ। नमांकनको विषयमा उठेको आन्दोलन यथावत् छ। अब बन्ने सरकार अत्यन्त जिम्मेवार भएर यो समस्या समाधान गर्छ।

यो अस्तित्वसँग जोडिएको पहिचानको विषय प्रमुख थियो।

एमालेले समर्थनको मर्मविपरीत हामीसँग प्रदेश नामांकन गर्ने विषयमा छलफलको समयको कुरै छाडौँ, कुनै पनि दलको हैसियतसम्म पनि नदिईकन नामांकन गर्‍यो। 

त्यसैगरी नामांकन गरेपछि पनि सदन र सरकारमा पटकपटक सभ्यताका आधारमा नामांकन गर्न कोशी प्रदेश नाम खारेज गरेर नामांकन सच्याएर जानुपर्ने कुरा राख्दाराख्दै न कुनै सुनुवाइ भयो, न वार्ता कमिटी नै बन्यो।

सिंगो प्रदेशको समस्या समाधान गर्न संघीयताको मर्मविपरीत प्रदेशको नाम राखेकै कारण आन्दोलन भयो। एकजना सहिद हुनुभयो।

संविधानको अन्तिम धारा पाचौमा बोल्दा फेरि पनि त्यही कुरा बोलनुपर्दा  प्रदेशले जनताको इच्छा चाहनाविपरीत कुनै काम गर्नु हुँदैन। जनता असन्तुष्ट छन्। 

जनतालाई हामी सांसदप्रति आक्रोशित र घृणित हामीले बनाएका छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .