ad ad

समाज


इजरायलबाट भारत आइपुगे १८ नेपाली (तस्बिर)

इजरायलबाट भारत आइपुगे १८ नेपाली (तस्बिर)

इजरायलबाट भारतको दिल्ली विमानस्थल आइपुगेका नेपाली।


नेपालखबर
कात्तिक १, २०८० बुधबार ७:५८, काठमाडौँ

द्वन्द्वग्रस्त इजरायलबाट सरकारले दोस्रो चरणमा उद्धार गरेका १८ नेपाली आज बिहान भारत आइपुगेका छन्। 

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माका अनुसार भारत सरकारले आफ्ना नागरिकसँग १८ जना नेपालीलाई पनि आफ्नो विमानमार्फत इजरायलबाट भारतसम्म ल्याइदिएका हुन्।  

ब उनीहरूलाई दिल्लीबाट नेपाल ल्याउन यातायातको व्यवस्था गरिएको जानकारी पनि राजदूत शर्माले दिएका छन्। 

नेपालीको उद्धारमा सहयोग गरेकामा राजदूत शर्माले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्। 

यसअघि पहिलो चरणमा सरकारले नेपाली वायु सेवा निगमको विमानमार्फत इजरायलबाट २५४ नेपालीलाई स्वदेश ल्याएको थियो।  

१० नेपाली विद्यार्थी भने हमास हमलामा मारिए। यस्तै कञ्चनपुरका विपिन जोशी बेपत्ता छन्। उनको खोजी जारी रहेको सरकारले जनाएको छ। 

इजरायलबाट दिल्ली विमानस्थलमा १८ नेपाली आइपुगेका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .